सरकारका मन्त्रीहरू नै मूल्यवृद्धिमा संलग्न छन् : भीम रावल

काठमाडौं – पूर्वमन्त्री तथा एमालेबाट निष्कासित नेता भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकारले सुशासनको दाबी गरे पनि मुलुकमा चरम घुसखोरी, कमिसनखोरी र अनियन्त्रित मूल्यवृद्धि भएको आरोप लगाएका छन्।

उनले विशेष रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई लक्षित गर्दै एक महिनाको बीचमै ६ पटक फलामे डण्डीको मूल्य वृद्धिसँगै हालै सिमेन्टको मूल्य प्रति बोरा रु. ४० ले बढाएको विषयमा प्रश्न उठाएका छन्।

रावलले सामाजिक सञ्जालमार्फत लेख्दै भने, “सरकारका मन्त्रीहरू नै मूल्यवृद्धिमा संलग्न छन् भने, यो सरकारको सुशासन भनेकै यस्तो हो त?” भन्दै सरकारको नीति-निर्णयमाथि गम्भीर प्रश्न गरेका छन्।

हालै निरन्तर महँगी बढ्दा सर्वसाधारण जनता मारमा परिरहेका बेला सरकारलाई आलोचना गर्दै रावलले अनियन्त्रित मूल्य वृद्धिलाई नियन्त्रण गर्न सरकारको इच्छाशक्ति नै नदेखिएको आरोप समेत लगाए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्