काठमाडौं – नवराज सुबेदीको नेतृत्वमा बनेको संयुक्त जनआन्दोलन समितिले व्यवसायी दुर्गा प्रसाईंलाई जनकमाण्डर घोषणा गरेको छ। आज आयोजित पत्रकार सम्मेलनमा समितिका संयोजक सुबेदीले सो जानकारी दिएका हुन्।
प्रसाईंको नेतृत्वमा भोलि राजावादी समूहले काठमाडौंमा ठूलो जनप्रदर्शन गर्ने तयारी गरेको छ। यसै सन्दर्भमा समितिले आज पत्रकार सम्मेलन गरी आफ्ना आगामी गतिविधिहरू सार्वजनिक गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै संयोजक सुबेदीले डा. धवलशम्शेर राणाको नेतृत्वमा १,१११ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरिएको जानकारी दिए। साथै, उनले २०४७ सालको संविधानलाई आधार मान्दै नयाँ राजनीतिक समझदारी खोज्न दलहरूलाई अपिल गरेका छन्।
यस आन्दोलनको उद्देश्य, मागहरू तथा भोलिको प्रदर्शनबारे थप विवरण आउन बाँकी छ।