निरन्तरको खबरदारीपछि सरकारले निर्णय सच्यायो, महाकाली नदी नियन्त्रण कार्यालय पुनः दार्चुलामै रहने

दार्चुला – महाकाली नदी नियन्त्रण आयोजनाको कार्यालय बैतडीमा स्थानान्तरण गर्ने सरकारको निर्णय अन्ततः सच्याइएको छ। चैत ११ गते बसेको मन्त्रीपरिषद्को बैठकले उक्त कार्यालय पुनः दार्चुलामै रहने निर्णय गरेको दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको सचिवालयले जनाएको छ ।

यसअघि, २०८० वैशाख २० गतेको मन्त्रिपरिषद् निर्णयअनुसार महाकाली नदी नियन्त्रण आयोजना कार्यालयलाई बैतडीमा सार्ने निर्णय गरिएको थियो। तर, यो निर्णय महाकाली नदी तटबन्ध निर्माणमा पर्ने जटिल प्राविधिक समस्याहरूको बेवास्ता गरिएको भन्दै दर्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूले संसदमा निरन्तर खबरदारी गरेका थिए ।

यस निर्णयविरुद्ध प्रतिनिधि सभा सदस्य बडू निरन्तर सक्रिय रहँदै आएका थिए। उनले तत्कालीन प्रधानमन्त्री, सिंचाइ मन्त्री तथा अन्य सम्बन्धित निकायसँग बारम्बार छलफल गर्दै सरकारको ध्यानाकर्षण गराएका थिए। साथै, संघीय संसदमा समेत उनले यो विषयलाई गम्भीर रूपमा उठाउँदै निर्णय सच्याउन जोडदार माग गरेका थिए।

बडूको निरन्तरको दबाव पछि सरकारले पुनरावलोकन गर्दै उक्त कार्यालय पुनः दार्चुलामै रहने निर्णय लिएको हो। नेपाल सरकार तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीलाई धन्यवाद व्यक्त गर्दै स्थानीयवासीहरूले यस निर्णयको स्वागत गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्