आइपिएलमा लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद उत्रदैँ

काठमाडौं – लखनउ सुपर जायन्ट्स र सनराइजर्स हैदराबाद बिच आज प्रतिस्पर्धा हुदैँछ ।  इन्डियन प्रिमियर लिग (आइपिएल)  लखनउ सुपर जायन्ट्सविरुद्ध सनराइजर्स हैदराबाद मैदानमा उत्रिन लागेका हुन् ।

हैदराबादको राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार राति ७ः४५ मा सो खेल सुरु हुनेछ । दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । पहिलो खेलमा हैदराबादले राजस्थान रोयल्सविरुद्ध ४४ रनको जित दर्ता गरेको थियो भने ऋषभ पन्तको कप्तानीमा रहेको लखनउ पहिलो जितको खोजिमा रहने छ । पहिलो खेलमा लखनउ दिल्लीसँग एक विकेटले पराजित हुनु परेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्