अनलाइन जुवा खेलाएको आरोपमा बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ – अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीले बूढानीलकण्ठबाट ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

मंगलबार साँझ बुढानीलकण्ठ नगरपालिका-३ देउला टोलस्थित एक घरबाट ११ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।

भारतका २४ वर्षीय सनी मिणा, २५ वर्षीय मोहित वर्मा, २६ वर्षीय पिउस भारतद्वाज, २५ वर्षीय हरकेश डडैया, २२ वर्षीय निशान्त भारद्वाज, २३ वर्षीय आकाश वर्मा, १९ वर्षीय अंकितकुमार सैनी, २३ वर्षीय सन्जु शाकला, २८ वर्षीय रामसिंह जाठ, १९ वर्षीय लोकेश कुमार र १९ वर्षीय विकाश कुमार पक्राउ परेका हुन्। उनका अनुसार उनीहरूले अनलाइन जुवा खेलाउने काम गर्थे। उनीहरूले दुई अर्बभन्दा बढी रकमको कारोबार गरेको देखिएको हो।

त्यस्तै ९६ लाख ३३ हजार भन्दा बढी क्रिप्टोकरेन्सीको कारोबारर समेत देखिएको प्रहरीले जनाएको छ। यस्तै उनीहरूमाथि ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्