तत्कालिन सञ्चार मन्त्री बडूले गराएका थिए नेपालमा वाइफाइ खुला गर्ने ऐतिहासिक निर्णय

काठमाडौँ – वाइफाइ इन्टरनेट जडानको एक आधुनिक प्रविधि हो, जसले तारबिना नै इन्टरनेट पहुँच प्रदान गर्छ। यसको मुख्य फाइदा भनेको जहाँसुकै रहेर इन्टरनेट चलाउन सक्ने सुविधा हो। एकै पटक धेरै उपकरणहरू जडान गर्न सकिने भएकाले यो निकै उपयोगी मानिन्छ। वाइफाइ प्रयोग गर्दा तारको झन्झट नहुने र इन्टरनेटको गति पनि राम्रो हुने भएकाले कार्यालय, घर, क्याफे तथा विभिन्न सार्वजनिक स्थानहरूमा यसको प्रयोग व्यापक रूपमा भइरहेको छ। साथै, यो वायर्ड इन्टरनेटभन्दा तुलनात्मक रूपमा सस्तो र लचिलो पनि हुन्छ।

नेपालमा यसको प्रयोग र पहुँच कसरी सम्भव भयो भन्ने आम जिज्ञासा हुनु स्वभाविक हो । महावीर पुनले ग्रामीण क्षेत्रका विद्यालय तथा समुदायहरूमा इन्टरनेट पु¥याउने अभियान अघि बढाइरहेका थिए। तर, नेपालमा वाइफाइ फ्रिक्वेन्सी प्रयोग गर्न कानुनी रूपमा प्रतिबन्ध थियो, जसले गर्दा प्रविधिको विस्तारमा बाधा पुगिरहेको थियो।

त्यहि बेला पुन सहितका केही व्यक्तिहरु छलफलका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगे । त्यतिबेला सञ्चार तथा सूचना प्रविधि मन्त्री थिए नेपाली काँग्रेसका नेता दिलेन्द्र प्रसाद बडू । मन्त्रालयमा छलफलका क्रममा पुनले वाइफाइबाट ग्रामीण क्षेत्रमा कसरी फाइदा लिन सकिन्छ भनेर प्रस्तुति दिए पछि मन्त्री बडूको ध्यान नेपालमा वाइफाइ खुला हुनुपर्छ भन्ने तर्फ गयो । त्यसपछि मन्त्री बडूले नेपालमा वाइफाइ खुला गर्ने प्रस्ताव समितीमा लगेर अनुमोदन गराए ।नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले वाइफाइ खुला गर्ने सम्बन्धी निर्णयलाई नेपाल राजपत्रमा प्रकाशित गर्‍यो, जसले गर्दा नेपालभर सार्वजनिक रूपमा वाइफाइ प्रविधिको पहुँच बढ्यो।

‘…मैलै त्यो अभियानको नेतृत्व स्वीकार गरे र टोली सहति संचार मन्त्रालयमा गएर छलफलमा सहभागी भएँ । त्यतिबेलाको संचारमन्त्री दिलेन्द्र बडूले त्यो प्रस्ताव संसदको विकास समितिमा लगेर छलफल गराउनुभयो । त्यो छलफल कार्यक्रममा मैले त्यतिबेला सम्म म्याग्दीमा कसरी वाइफाइ सञ्जाल बनाए र गाउँलेहरुले त्यो संजालको प्रयोग गरेर कसरी फाइदा लिइरहेका छन् भन्ने कुराका बारेमा प्रस्तुती दिएको थिए । विकास समितिका अधिकांश सदस्यहरुले खुला गर्ने कुरा अनुमोदन गरेपछि सरकारले वाइफाइ प्रविधिलाई नेपाल राजपत्रका सूचना निकालेर खुला गरेका थिए ।’ महाविर पुनले आफ्नो किताबमा लेखेका छन् , ‘त्यसपछि मात्र सिंहदरबारका कर्मचारीहरु, केही नेताहरु, इन्टरनेट सेवाप्रदायकहरु र सूचनाप्रविधि क्षेत्रमा काम गर्ने नेपाली साथीहरुसँग मेरो चिनजान हुन थालेको हो । त्यो भन्दा अघि काठमाडौँमा र सहर बजारमा म कसैलाई चिन्दिनँ थिएँ ।’

यो निर्णयसँगै नेपालमा इन्टरनेट सेवाको प्रसार व्यापक रूपमा सहज भएको थियो, विशेष गरी ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा वाइफाइ प्रविधिको प्रयोग गरेर शिक्षादेखि व्यवसायसम्मका क्षेत्रहरूमा डिजिटल पहुँच विस्तार भयो।

तत्कालिन मन्त्री बडूको दुरदर्शिता 

तत्कालिन मन्त्री दिलेन्द्र प्रसाद बडूको दुरदर्शिता अत्यन्त महत्त्वपूर्ण थियो, विशेष गरी जब उनले वाइफाइ फ्रिक्वेन्सी खुला गर्ने विषयमा निर्णय लिन सहयोग गरे। उनका कदमले नेपाललाई डिजिटल युगतर्फ अघि बढाउने एक महत्वपूर्ण ढोका खोल्यो। यस निर्णयले डिजिटल प्रविधिको उपयोगलाई प्रोत्साहन दिएको मात्र होइन, ग्रामीण र दुर्गम क्षेत्रमा समेत इन्टरनेटको पहुँच सुनिश्चित गर्न मद्दत पुर्याएको छ।

बडूको दुरदर्शिता यसमा देखियो कि उनले प्रविधिको महत्व र यसका फाइदाहरूलाई पहिचान गरे र यसलाई देशभर फैलाउने दिशामा काम गरे। उनले यस मामिलामा विभिन्न निकायहरूसँग परामर्श गरे र समाजसेवी महावीर पुनको प्रस्तावलाई बुझेर कार्यान्वयन गर्ने प्रयास गरे। यसले नेपालको डिजिटल आधारभूत संरचनामा सुधार ल्याउने अवसर सिर्जना गर्‍यो, जसले गर्दा शिक्षा, स्वास्थ्य र अन्य सेवा क्षेत्रहरूमा पनि सकारात्मक प्रभाव पर्न सक्छ।

उनको नेतृत्वले सरकारी नीतिहरूलाई अझ लचकदार र भविष्यमुखी बनाएको छ, जसले दीगो विकासका लागि डिजिटल प्रविधिको प्रभावकारी प्रयोगमा मार्गदर्शन गरेको छ।

यस ऐतिहासिक निर्णयको प्रभाव

१. ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँच वृद्धि : नेपालका दुर्गम ठाउँहरूमा इन्टरनेट सेवा पु¥याउन सहज भयो।
2. सूचना प्रविधिमा क्रान्ति : डिजिटल नेपाल अभियानलाई टेवा पुग्यो।
3. शिक्षा, स्वास्थ्य र पर्यटनमा सुधार : विद्यालय, अस्पताल, र पर्यटकीय क्षेत्रहरूमा सहज इन्टरनेट उपलब्ध भयो।

नेपालमा इन्टरनेट प्रविधिको विकासका लागि महावीर पुनको संघर्ष र तत्कालिन मन्त्री बडू नेतृत्वको सरकारी निर्णयको योगदान महत्वपूर्ण रह्यो। यस ऐतिहासिक निर्णयले नेपाललाई डिजिटल युगतर्फ अघि बढाउन टेवा पुर्याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्