काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई गैरकानुनी रूपमा पदमुक्त गरिएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
उनले सरकारको निर्णय बदर गर्दै आफूलाई पुनः कार्यकारी निर्देशकमा बहाल गर्नुपर्ने माग गरेका छन्।
घिसिङले नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा निवेदन दिएका हुन्। उनको दाबी छ कि कुनै गल्ती वा त्रुटि नगरेको अवस्थामा सरकारले बदनियतका साथ उनलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको हो।
उनको तर्फबाट करिब साँझ ५ बजेतिर सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ। अब यस विषयमा सर्वोच्चको आदेश प्रतीक्षा गर्नुपर्नेछ।