दार्चुलामा जीपबाट खसेर एक जनाको मृत्यु

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ९ खलंगाथाप्ला सडक अन्तर्गत दत्तुस्थित भित्री सडकमा मंगलबार जीपबाट खसेर गम्भीर घाइते भएका एक व्यक्तिको मृत्यु भएको छ।

सुपप्र ०४–००१ ज ००९६ नम्बरको जीपमा यात्रा गरिरहेका मालिकार्जुन गाउँपालिका वडा नम्बर २, भगवती निवासी ३९ वर्षीय विक्रम सिंह सामन्तको उपचारका क्रममा बुधबार बिहान भारतको पिथौरागढमा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्ती राज जोशीका अनुसार गुडिरहेको जीपको बिचको ढोका अकस्मात खुल्दा सामन्त खसेर गम्भीर घाइते भएका थिए। दुर्घटनापछि उनलाई उपचारका लागि भारत लगिएको थियो, तर बचाउन सकिएन।

हाल उक्त जीप र चालकलाई प्रहरी नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्