गुजरातमाथि पञ्जाबको ११ रनको जित

काठमाडौँ – पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध जित निकालेको छ। इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले गुजरातमाथि ११ रनको जित निकालेको हो। नरेन्द्र मोदी स्टेडियममा २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाएर २३२ रनमात्रै बनाउन सक्यो।

गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का हाने। जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए। शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे। कप्तान तथा ओपनर शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३३ रनको योगदान गरे। बलिङतर्फ अर्शदीप सिंहले २ तथा मार्को जनसेन र ग्लेन म्याक्सवेलले १/१ विकेट लिए। पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेट गुमाएर २४३ रन बनाएको थियो।

पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले सर्वाधिक ९७ रन बनाए। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे। ओपनर प्रियान्स आर्याले २३ बलमा ७ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए। शशांक सिंह १६ बलमा ६ चौका र २ छक्का हानेर ४४ रन बनाउँदै नट आउट रहे। बलिङतर्फ साइ किशोरले तीन तथा कगिशो रबाडा र रशिद खानले एक/एक विकेट लिए। आइपिएलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्