प्रविधिमा अब्बल बन्दै नेरीक एकेडेमी

काठमाडौं – प्रविधि शिक्षालाई उच्च प्राथमिकता दिँदै, नेरीक एकेडेमी एक उत्कृष्ट प्रविधि केन्द्रका रूपमा अघि बढिरहेको छ। कक्षा १० सम्मको गुणस्तरीय शिक्षा प्रदान गर्ने यस एकेडेमीले नवप्रवर्तनशील शिक्षण पद्धति, अनुभवी प्रशिक्षकहरू र अत्याधुनिक प्रयोगशालाहरूको माध्यमबाट विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग परिचित गराइरहेको छ।

काठमाडौंको शंखमुलमा रहेको नेरीक एकेडेमीले शिक्षामा नवीनतम प्रविधिको समावेश गर्दै विद्यार्थीहरूलाई भविष्यका अवसरहरूका लागि तयार पार्ने लक्ष्य लिएको छ।
नेरीक एकेडेमीले स्मार्ट क्लासरूम, कम्प्युटर कोडिङ, रोबोटिक्स, साइबर सुरक्षा र डिजिटल शिक्षण प्रणालीलाई प्राथमिकता दिँदै आएको छ। यहाँ विद्यार्थीहरूले परम्परागत विषयहरू मात्र नभई विज्ञान, प्रविधि जस्ता क्षेत्रहरूमा विशेष दक्षता विकास गर्ने अवसर पाउँछन्।
एकेडेमीका प्रशिक्षकहरू शिक्षण क्षेत्रमा लामो अनुभव भएका विज्ञहरू हुन्। विद्यार्थीहरूलाई व्यावहारिक शिक्षण दिन अत्याधुनिक प्रयोगशाला, डिजिटल उपकरण, र इन्टरएक्टिभ लर्निङ मेथड अपनाइएको छ।
नेरीक एकेडेमीका विद्यार्थीहरू राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तथा प्रविधि प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। नेरीक एकेडेमीले आगामी दिनमा अझ प्रविधिमैत्री शैक्षिक वातावरण, अन्तर्राष्ट्रिय साझेदारी, र अनुसन्धान तथा विकासमा ध्यान दिने योजना बनाएको छ।

“विद्यार्थीहरूलाई भविष्यको प्रविधि युगका लागि तयार पार्नु हाम्रो लक्ष्य हो,” प्रिन्सिपल मिलन केसी भन्छन्। नेपाललाई डिजिटल युगमा अघि बढाउन नेरीक एकेडेमीले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्