काठमाडौं, १२ चैत । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ।
साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो।
आज नेप्से सूचक ५५.९० अंकले घटेर २ हजार ५८४.८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ।
आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८ करोड ७ लाख रुपैयाँ बराबरको कारोबार हुन सकेको छ।
नेप्से अनुसार आज जम्मा ४ वटा कम्पनीको शेयरमूल्य वृद्धि भएको छ भने २४० वटा कम्पनीको मूल्य घटेको छ।