कुलमान हटाउने निर्णयको स्वामित्व कांग्रेसले लिनै हुन्न, यसरी कति दिन चल्ने? : नेता कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको स्वामित्व नेपाली कांग्रेसले लिन नसक्ने स्पष्ट पारेका छन्। उनले कुलमानलाई हटाउनुपर्ने सरकारी निर्णयको पुष्टि न सरकार न पार्टीले रहेको तर्क गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकारको कुशासनको निरन्तरताको अर्को कडी: कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले। नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न। यसरी कतिदिन चल्ने र चलाउने? विनाशकाले विपरित बुद्धि।’

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। यो निर्णयलाई लिएर सत्तारुढ र विपक्षी दलभित्रै चर्को विरोध भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्