काठमाडौं – काठमाडौंको कालिमाटीमा दुई समूहबीच ग्याङ फाइट भएको छ। होली पर्वका विषयमा विवाद हुँदा झडप भएको हो।
कालिमाटीस्थित एलआरआई स्कुल नजिकै भएको झडपमा केही व्यक्ति घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए।
घटनालगत्तै सुरक्षा व्यवस्था कडा पारिएको छ। हाल कालिमाटी क्षेत्रमा प्रहरी वृत्त कालिमाटी, जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अनुसन्धान कार्यालय टेकुका प्रहरी परिचालन गरिएको छ।
प्रहरीका अनुसार घटनाको अनुसन्धान भइरहेको छ भने कालिमाटी क्षेत्रमा थप अप्रिय घटना हुन नदिन सुरक्षाकर्मीलाई उच्च सतर्कतामा राखिएको छ।