सेयर बजारमा सोमबार सुधार, नेप्से ३०.५२ अंकले बढ्यो

 काठमाडौं – लगातार ६ कारोबार दिन घटेको नेपालको सेयर बजार सोमबार भने उकालो लागेको छ। बजारको परिसूचक नेप्से सूचकांक अघिल्लो दिनको तुलनामा ३०.५२ अंक (१.१६ प्रतिशत) ले बढेर २६४५ अंकमा पुगेको छ। कारोबार सुरु भएलगत्तै केही गिरावट देखिएको बजार ११:१९ बजे २५९३ अंकसम्म झरेको थियो। तर, त्यसपछि बजारले समातेको बढ्दो लय अन्तिमसम्म कायम रह्यो।

चैत ३ गतेदेखि लगातार ६ दिन ओरालो लागेको बजार यसअघि फागुन १९ गतेदेखि घट्न थालेको थियो। फागुन २८ मा एक दिन सुधार भएको बजार पुनः घट्ने क्रममा थियो। सोमबारको वृद्धिले लगानीकर्ताहरूमा केही राहत थपिएको छ।

कारोबार रकम घट्यो

नेप्से सूचकांकमा सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो दिन ६ अर्ब ३२ करोडको कारोबार भएकोमा सोमबार ४ अर्ब ४८ करोडमा सीमित रह्यो। यस दिन २१० कम्पनीको सेयर मूल्य बढ्दा ३३ कम्पनीको मूल्य घटेको छ।

सबै सेक्टरमा वृद्धि

सोमबार सबै सेक्टरका सूचक हरियाली देखिएका छन्। फाइनान्स सेक्टर सबैभन्दा धेरै ३.७५ प्रतिशतले उकालो लाग्यो। त्यस्तै, बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ र व्यापार १.५५ प्रतिशतले बढे।

उत्कृष्ट र कमजोर कम्पनीहरू

यस दिन गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्य सबैभन्दा धेरै ९.२९ प्रतिशतले बढ्यो। पोखरा फाइनान्सको ७.४७, समृद्धि फाइनान्सको ६.३०, स्वेतगंगा हाइड्रोपावरको ५.६४ र रिलायन्स फाइनान्सको ५.२२ प्रतिशतले मूल्य उकालो लाग्यो।

यता, अपरहेवाखोला हाइड्रोपावरको मूल्य ४.९२ प्रतिशत, नारायणी डेभलपमेन्ट बैंकको ४.०५ र युनाइटेड मोदी हाइड्रोपावरको २.९ प्रतिशतले घट्यो।

कारोबार रकममा अग्रणी

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सीएचडीसी, नेपाल पुनर्बीमा, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सिन्धु विकास बैंक उत्कृष्ट पाँचभित्र परेका छन्।

लगातारको गिरावटपछि आएको यो सुधारले बजारमा सकारात्मक संकेत देखिएको विश्लेषकहरूले बताएका छन्। तर, कारोबार रकममा आएको कमीले लगानीकर्ताहरू अझै सतर्क रहेको संकेत गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्