लोकतान्त्रिक अपांग संघको अध्यक्षमा महामन्त्री गगन थापानिकटका माधवप्रसाद चम्लागाईं निर्वाचित

काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संस्था लोकतान्त्रिक अपांग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाईं निर्वाचित भएका छन्।

गत शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा सम्पन्न अधिवेशनबाट चम्लागाईं अध्यक्षमा विजयी भएका हुन्। मतदान शुक्रबार नै सम्पन्न भए पनि मतगणना ढिलाइ भएपछि सभापति शेरबहादुर देउवाको निर्देशनमा सोमबार मतगणना गरिएको थियो।

चम्लागाईंले ३५१ मत प्राप्त गर्दै अध्यक्ष पदमा जित हासिल गरेका छन्। उनका प्रतिस्पर्धी विकास थापाले ८८ तथा कल्पना खड्काले १३ मत प्राप्त गरे। थापा कांग्रेस नेता शेखर कोइरालानिकट मानिन्छन् भने खड्का प्रवक्ता प्रकाशशरण महतनिकट रहेको बताइन्छ। अध्यक्षमा निर्वाचित भएका चम्लागाईं महामन्त्री गगन थापानिकट मानिन्छन्। उनलाई सभापति शेरबहादुर देउवा पक्षका केही नेताहरूको पनि साथ रहेको बताइएको छ। महाधिवेशनमा जम्मा ४७० मत खसेको थियो।

उपाध्यक्ष र महामन्त्री पदमा पनि चम्लागाईं समूहकै उम्मेदवार निर्वाचित भएका छन्। उपाध्यक्ष पदमा उदयबहादुर लिम्बुले ३३२ मत प्राप्त गर्दै विजयी भए। यस्तै, अनिता घिमिरे गैह्रेले ३३९ मत प्राप्त गरी उपाध्यक्ष पदमा निर्वाचित भइन्।

महामन्त्री पदमा गणेशबहादुर खत्री र किरण पासवान निर्वाचित भएका छन्। खत्रीले ३४९ मत प्राप्त गर्दा पासवानले ३५५ मत प्राप्त गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्