काठमाडौँ – काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ गोठाटारमा अवस्थित अर्किड प्युपल सेकेन्डरी स्कुल गुणस्तरीय शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित हुँदै आएको छ। शान्त वातावरण, सुविधासम्पन्न विद्यालय भवन, र अनुभवी तथा दक्ष शिक्षकहरूद्वारा प्रदान गरिने शिक्षाले यस विद्यालयलाई फरक र प्रभावकारी बनाएको छ।
विद्यालयले एसइइ परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ। साथै, अतिरिक्त क्रियाकलापहरू, अर्किड गायन/नृत्य प्रतियोगिता, अर्किड जुनियर कप जस्ता कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको प्रतिभा अभिवृद्धि गर्ने अवसर प्रदान गर्दै आएको छ।
यस विद्यालयले प्रविधिमैत्री शिक्षालाई विशेष प्राथमिकता दिएको छ। डिजिटल माध्यमको प्रयोग, प्रयोगात्मक सिकाइ, र नवीनतम शैक्षिक विधिहरू समावेश गर्दै विद्यार्थीहरूको समग्र विकासमा योगदान पुर्याइरहेको छ। साथै, अभिभावकीय भूमिकालाई विशेष महत्त्व दिँदै विद्यालय–अभिभावक समन्वयलाई प्रभावकारी बनाउने कार्यमा पनि अग्रसर छ।
गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, र बहुपक्षीय प्रतिभा विकासका अवसरहरू प्रदान गर्ने अर्किड प्युपल सेकेन्डरी स्कुल विद्यार्थी, अभिभावक तथा शिक्षाप्रेमीहरूका लागि उत्कृष्ट गन्तव्य बनेको छ।