काठमाडौं – रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडले अर्धशतक बनाएपछि चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ ।
चेन्नईले मुम्बई इन्डियन्सलाई ४ विकेटले हराएको हो । मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले १९.१ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । रचिन ६५ रनमा अविजित रहे भने कप्तान रुतुराज गायक्वाडले ५३ रन बनाए ।
मुम्बईका विग्नेश पुथुरले ३ विकेट लिए भने दीपक चहर र विल ज्याक्सले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । तिलक वर्माले सर्वाधिक ३१ रन बनाए भने सुर्यकुमार यादवले २९ रन बनाए । दीपक चहर २८ रनमा अविजित रहे ।
चेन्नईका अफगानी बलर नूर अहमदले ४ ओभरमा १८ रन दिएर ४ विकेट लिए । खलील अहमदले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए । नेथन एलिस र रविचन्द्रन आश्विनले १-१ विकेट लिए ।