जुवा खेलिरहेको अवस्थामा १६ जना पक्राउ

नुवाकोट – शिवपुरी गाउँपालिका–६ खोले गाउँमा १६ जना जुवाडे पक्राउ परेका छन ।

सोही स्थानका  ३२ वर्षीय सुरेन्द्र तामाङको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सुरेन्द्रसमेत १६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख १२ हजार ८ सय रूपैयाँ, ६ बुक तास र ३२ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्