एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत केही कार्य अघि बढाउन अमेरिकाको अनुमति

काठमाडौं – अमेरिकी सरकारले मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गतका केही कार्यहरू अघि बढाउन अनुमति दिएको छ। संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षा भइरहेकै समयमा दिइएको यो अनुमतिले समीक्षाको अन्तिम निष्कर्षप्रति कुनै सङ्केत नगर्ने बताइएको छ।

अनुमति दिइएका कार्यहरूमा महत्त्वपूर्ण खरिद प्रक्रिया तथा कार्यालय सञ्चालनसम्बन्धी आवश्यक कार्यहरू समेटिएको एमसीए–नेपालले जनाएको छ। परियोजनाका कामहरू पुनः थालनीका लागि आवश्यक व्यवस्थापन प्रक्रियाहरू अघि बढाइएको पनि एमसीए–नेपालले स्पष्ट पारेको छ।

यसैबीच, अमेरिकी सरकारको वैदेशिक सहायतासम्बन्धी समीक्षाबारे थप विवरण आउन बाँकी रहेको अवस्थामा नेपाल सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँग नजिकबाट समन्वय गरी अघि बढिरहेको एमसीए–नेपालले जनाएको छ।

एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतका पूर्वाधार विकास परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार, एमसीसी र अन्य सरोकारवालाबीच निरन्तर छलफल भइरहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्