काठमाडौं – नेपाली बजारमा लक्जरी एसयूभीका रूपमा स्थापित स्काईवेलले नक्साल, नारायणचौरमा आफ्नो फ्ल्यागसिप सोरुम सञ्चालनमा ल्याएको छ। चीनमा निर्मित र विश्वभर ६५ भन्दा बढी देशमा निर्यात भइरहेको स्काईवेल ब्रान्डको यो नेपालमा पाँचौँ विक्री कक्ष हो।
शुक्रबार, मार्च २१ का दिन आयोजित विशेष समारोहका बीच चीनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन माहामहीम श्री वाड् जीन्ले रिबन काटेर सोरुमको उद्घाटन गर्नुभयो। उद्घाटन समारोहमा स्काईवेलका डेपुटी जनरल म्यानेजर थोमस झु, कन्ट्री म्यानेजर भिरा तथा नेपालका लागि आधिकारिक आयातकर्ता जि. मोटर्स प्रा. लि. का चेयरम्यान दुर्गा प्रसाद गेलालको उपस्थिति रहेको थियो।
स्काईवेल ब्रान्ड चिनियाँ इलेक्ट्रोनिक्स जाइण्ट स्काईवर्थको उत्पादन हो। उत्कृष्ट वित्तीय स्थिति, अनुसन्धान तथा विकासमा गरिएको ठुलो लगानी र गुणस्तरीय उत्पादनका कारण स्काईवेलले विश्व बजारमा बलियो उपस्थिति जमाउन सफल भएको छ। कम्पनीले युरोप, अमेरिका, अफ्रिका, अस्ट्रेलिया, मध्यपूर्व, रुस तथा एशियाली बजारमा समेत आफ्नो मजबुत ब्रान्ड भ्यालु कायम गरिसकेको छ।
नेपालमा स्काईवेलले भक्तपुरको राधेराधेमा पहिलो विक्री कक्ष स्थापना गरी एक वर्षअघि प्रिमियम एसयूभीको विक्री सुरु गरेको थियो। नेपाली बजारमा छोटो समयमै लोकप्रियता हासिल गर्न सफल स्काईवेलले हालसम्म १०० भन्दा बढी एसयूभी विक्री गरिसकेको छ। नेपालमा स्काईवेलको सफलताको प्रमुख कारण भनेकै यसको प्रिमियम उत्पादन, स्थापित ब्रान्ड र जि. मोटर्सको उत्कृष्ट बिक्रीपछिको सेवा रहेको बताइन्छ।
स्काईवेलका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालका अनुसार, “हाम्रा ग्राहकहरू उच्च प्रतिष्ठित वर्गका हुनुहुन्छ। उहाँहरूले आफ्ना जर्मन लक्जरी कारहरू थन्क्याएर वातावरण संरक्षण गर्ने उद्देश्यका साथ स्काईवेलका एसयूभी रोज्नुहुन्छ। त्यसैले, हामी पनि सेवा प्रदान गर्न कुनै कसर बाँकी राख्दैनौँ, आवश्यक परे घरमै गएर समेत सेवा दिन तत्पर छौँ।”
जि. मोटर्सका कार्यकारी निर्देशक पारस मणि गेलालका अनुसार, “स्काईवेल साधारण ईभी मात्र होइन, यो लक्जरी एसयूभी ब्रान्डको रूपमा छोटो समयमै नेपाली बजारमा प्रतिष्ठित भइसकेको छ। ग्राहकहरूको गर्वलाई वास्तविकतामा परिणत गर्न ब्रान्ड भ्यालु र सेवा सुविधामा कुनै सम्झौता गरिने छैन।”
हाल नेपाली बजारमा उपलब्ध स्काईवेल एसयूभीको सुरुवाती भेरियन्ट ७९ लाख ९० हजार रुपैयाँ मूल्यको रहेको छ, जसको रेन्ज ४१० किलोमिटर छ। भने, सबैभन्दा उच्च भेरियन्टको मूल्य एक करोड १५ लाख रुपैयाँसम्म पर्छ, जसले ६२० किलोमिटर रेन्ज प्रदान गर्छ। स्काईवेलले यसै वर्ष थप प्रिमियम विशेषताहरूयुक्त सानो एसयूभी पनि नेपाली बजारमा ल्याउने तयारी गरिरहेको छ।
थप जानकारीका लागि: युग रिमाल, बिजनेस हेड
जि. मोटर्स प्रा. लि.
मोबाइल: ९७०१०१०१०१