ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश

ठोरी – ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

जारी ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान अन्तर्गत मधेसको अन्तिम कार्यक्रममा कांग्रेस उपसभापति माओवादीमा प्रवेश गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार पर्सा जिल्ला ठोरी गाउँपालिकामा जनभेटघाट तथा जनसभामार्फतनेपाली कांग्रेस ठोरी गाउँपालिका उपसभापति केदारबहादुर देउजा पार्टीमा प्रवेश गरेका हुन् । सचिवालयका अनुसार देउजा लगायत विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेकालाइ अध्यक्ष प्रचण्डले स्वागत गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्