काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२, बलम्बुमा एक जना शिशुको शव भेटिएको छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, बिहीबार साँझ ५ बजेतिर बलम्बु मावि पछाडिको बलम्बु खोला किनारमा शव भेटिएको हो । प्रहरीका अनुसार, हिलोमा लत्पतिएर वेवारिसे अवस्थामा शव देखेको खबर आएपछि प्रहरी प्रभाग, बलम्बुबाट टोली खटिएको थियो ।
हालसम्म शवको पहिचान खुलेको छैन भने घटनाबारे खबर आएलगत्तै प्रहरी वृत्त, थानकोटबाट समेत सोको अफिसरहरुको टोली लगेर जाँच गराइएको भनिएको छ ।
प्रारम्भिक जाँचपछि शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी रहेको एसपी बोहोराले बताए ।