भोली सुदूरपश्चिम प्रदेशभर सार्वजनिक बिदा

कैलाली – सुदूरपश्चिम प्रदेश सरकारले रानाथारु समुदायको खख्डेहरा पर्वको अवसर पारेर शुक्रवार (भोलि) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने रानाथारु समुदायले होरी पर्वको अन्तिम दिन खख्डेहरा फुटाएर होरी पर्वको समापन गर्ने परम्परा रहेको छ। प्रदेश सरकारले यो परम्परालाई सम्मान गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रकाशित गरेको राजपत्रमा उल्लेख छ।

माघ पूर्णिमादेखि सुरु हुने होरी पर्व एक महिना आठ दिनसम्म मनाइन्छ। यस पर्वको महत्वपूर्ण दिन खख्डेहरा मानिन्छ। खख्डेहरा फुटाएपछि पुरुषहरूको लागि होरी पर्वको समापन हुने गर्दछ। धनगढी गाउँका भलमनसा भज्जी रानाका अनुसार महिलाहरूले भने चैतको चराइँ पर्वमा होरीको समापन गर्ने परम्परा रहेको छ।

रानाथारु समुदायको सांस्कृतिक पहिचान झल्काउने यस पर्वलाई प्रदेश सरकारले महत्व दिएको र यसलाई संरक्षण तथा प्रवर्द्धन गर्न विभिन्न कार्यक्रमहरू आयोजना गरिने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्