काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।
प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए । ‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछी भने जान सकिन्छ,’ उनले भने ।
बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाइ जाने योजनामा हुनुहुन्छ र ? प्रश्नाेत्तर जारी रहेकाे छ ।