बागमती समक्ष पुलिसले दियो २९८ रनको बिशाल लक्ष्य

काठमाडौं – नेपाल पुलिस क्लबले बाग्मती प्रदेशका बिरूद्द २९८ रनको बिशाल लक्ष्य दिएको छ ।

जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित पुलिसले बागमती प्रदेशविरुद्ध विशाल लक्ष्य खडा गरेको हो ।

कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतकको सहयोगमा पुलिसले बागमतीविरुद्ध २ सय ९८ रनको विशाल लक्ष्य खडा गरेको हो ।

एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार पार्न सफल भएको थियो ।यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्