१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय युवक पक्राउ

सांकेतिक तस्विर

बझाङ- बझाङवाट १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् । सूर्मा गाउँपालिका–४ घर भई जयपृथ्वी नगरपालिका–९ डेरा गरी बस्ने २१ वर्षीय पवन बोहरालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पवनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्