काठमाडाैँ – नेरिक एकेडेमी, काठमाडौँको शंखमुल क्षेत्रमा स्थित एक प्रतिष्ठित शैक्षिक संस्था बन्दै गएको छ । जसले विद्यार्थीलाई गुणस्तरीय शिक्षा र समग्र व्यक्तित्व विकासमा जोड दिँदै आएको छ। विद्यालयले शैक्षिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यस विद्यालयको मुख्य उद्देश्य विद्यार्थीलाई केवल शैक्षिक ज्ञान मात्र होइन, जीवनका विविध पक्षहरूमा प्रगति गराउनु हो।
विद्यालयको शैक्षिक वातावरण अत्यन्तै सुरक्षित र सुसज्जित छ। यहाँका शिक्षकहरू पेशेवर र अनुभवी छन्, जसले विद्यार्थीलाई समग्र विकासका लागि आवश्यक व्यक्तिगत मार्गदर्शन र समर्थन प्रदान गर्दछन्। विद्यालयका प्रिन्सिपल मिलन केसीका अनुसार, “हामी विद्यार्थीलाई समझदारी, व्यवहारिक शिक्षा, र सपोर्टिव लर्निङको वातावरणमा विकास गर्न चाहन्छौं।” विद्यालयको लक्ष्य भनेको प्रत्येक विद्यार्थीलाई उनीहरूको सम्पूर्ण क्षमता पहिचान गराएर, राम्रो नागरिक र सिपयुक्त दक्ष व्यक्तिमा रूपान्तरण गर्नु हो।
नेरिक एकेडेमीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका कारण विद्यार्थीहरूको संख्या बढ्दो छ। विद्यालयले अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन गर्दै विद्यार्थीहरूको रचनात्मकता र नेतृत्व क्षमताको विकासमा जोड दिएको छ। यहाँका विद्यार्थीलाई व्यक्तिगत काउन्सलिङ र अभिप्रेरणा कार्यक्रम पनि उपलब्ध छन्, जसले उनीहरूको स्वाभिमान र आत्मविश्वासलाई प्रगति गराउँछ।
नेरिक एकेडेमीमा इ-लर्निङ, मल्टिमिडिया शिक्षण र सुसज्जित कक्षाहरू जस्ता आधुनिक सुविधाहरू उपलब्ध गराइन्छ। विद्यालयले विद्यार्थीलाई प्रयोगात्मक शिक्षा र समयअनुसार गोल सेटिङ तालिम पनि प्रदान गर्दछ, जसले विद्यार्थीलाई भविष्यका चुनौतीहरू र कार्य क्षेत्रमा सामना गर्न सक्षम बनाउँछ।
विद्यार्थीहरूको सम्पूर्ण विकासका लागि, विद्यालयले छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। साथै, विद्यालयले आर्थिक रुपले विपन्न विद्यार्थीहरूलाई पनि आवश्यक सहयोग र अवसरहरू प्रदान गर्दै आएको छ। नेरिक एकेडेमीले गुणस्तरीय शिक्षा, समर्पित शिक्षक, र व्यक्तिगत मार्गदर्शनका माध्यमबाट विद्यार्थीहरूको सम्पूर्ण व्यक्तित्व विकासमा योगदान पुर्याउँदै आएको छ। यस विद्यालयको लक्ष्य भनेको सम्पूर्ण क्षमतामा प्रशिक्षीत र दक्ष बनाइ भविष्यमा सकारात्मक प्रभाव पार्नु हो।