काठमाडौँ – एकता व्यापार संघ नेपालको २०औं वार्षिक स्थापना दिवसको अवसरमा संघका अध्यक्ष तेज प्रसाद आचार्यले संघमा आवद्ध सम्पुर्ण व्यवसायीहरुमा शुभकामना व्यक्त गरेका छन् । उनले यस अवसरमा कार्यसमिति सदस्यहरू, संस्थापक अध्यक्ष, पूर्वअध्यक्षहरू, संघमा आबद्ध सम्पूर्ण व्यवसायी तथा शुभेच्छुकहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
स्थापना दिवसका अवसरमा उपहारखबरसँग कुराकानी गर्दै संघका अध्यक्ष आचार्यले अग्रज नेतृत्व तथा वर्तमान कार्यसमितिका पदाधिकारीहरूले संघको योगदान, भविष्यका योजना तथा व्यवसायीहरूको हितका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
व्यापार प्रवर्द्धन, व्यवसायीहरूको हकहित तथा आर्थिक विकासमा संघले पुर्याउँदै आएको योगदानलाई अझ प्रभावकारी बनाउँदै लैजाने अध्यक्ष आचार्यको भनाइ छ । संघका पदाधिकारीहरूले व्यापारिक वातावरण सुधार, लगानीमैत्री नीति निर्माण तथा व्यवसायीहरूलाई आवश्यक सहजीकरणका लागि संघले निरन्तर पहल गर्दै आएको अध्यक्ष आचार्यले बताए । उनले व्यवसाय प्रवर्द्धनका लागि सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवाला निकायहरूसँगको सहकार्यलाई थप मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे।