कांग्रेस प्रमुख सचेतक घिमिरेले संसदमा माफी मागे

काठमाडौं – नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने आफ्नो अभिव्यक्तिका लागि संसदमा माफी मागेका छन्।

चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसायलाई कानुनी रूपमा वैधता दिनुपर्ने धारणा राखेका थिए। उक्त अभिव्यक्तिप्रति संसदभित्र र बाहिर तीव्र आलोचना भएपछि उनले आफ्नो भनाइ व्यक्तिगत धारणा रहेको प्रष्ट्याउँदै माफी मागेका हुन्।

बुधबारको संसद बैठकमा बोल्दै घिमिरेले भने, “मैले व्यक्त गरेको धारणा संसद सदस्यको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत विचार मात्र हो। यो नेपाली कांग्रेस पार्टी वा संसदीय दलको आधिकारिक धारणा होइन। यदि मेरा भनाइहरूले सम्मानित संसद सदस्यहरू तथा जनसमुदायमा कुनै नकारात्मक प्रभाव पारेको छ भने, म सबैसँग क्षमायाचना गर्दछु।”

उनको अभिव्यक्तिप्रति विभिन्न राजनीतिक दलका सांसदहरू, नागरिक समाज तथा सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्