दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–१ छापरीबाट प्रहरीले एक महिलालाई लागुऔषध चरेससहित पक्राउ गरेको छ।
मंगलबार साँझ सामुदायिक प्रहरी सेवा केन्द्र बाङ्गाबगरबाट खटिएको टोलीले ४६ वर्षीया जानकी कार्कीलाई १३६ ग्राम चरेससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कान्तीराज जोशीले जानकारी दिए ।
प्रहरीका अनुसार कार्कीले सञ्चालन गरेको किराना पसलमा तलासी गर्दा पैसा राख्ने गल्लाभित्र लुकाइराखेको अवस्थामा चरेस फेला परेको थियो। पक्राउ परेकी कार्कीलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।