बैतडीको सेटीगाउँ क्याम्पसको स्ववियु सभापतिमा रावल निर्वाचित

दार्चुला – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत बैतडीको गोकुलेश्वरस्थित सेटीगाउँ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीको प्यानल विजयी भएको छ। एक सदस्यबाहेक सबै पदमा नेविसंघ र अखिल क्रान्तिकारीका उम्मेदवारहरूले जित हासिल गरेका छन्। निर्वाचन अधिकृत राजेन्द्रप्रसाद जोशीका अनुसार स्ववियु सभापतिदेखि अन्य महत्त्वपूर्ण पदमा गठबन्धनका उम्मेदवारहरू निर्वाचित भएका छन्।

सभापतिमा नेविसंघका कृष्णसिंह रावल निर्वाचित

स्ववियु सभापतिमा नेविसंघका कृष्णसिंह रावल १०३ मत प्राप्त गर्दै निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी अनेरास्ववियुका रमेश मालले ८९ मत प्राप्त गरे। सचिव पदमा अखिल क्रान्तिकारीका कुमार लावड १०८ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्द्वी अनेरास्ववियुकी पूजा खत्रीले ८० मत प्राप्त गरिन्। कोषाध्यक्षमा अखिल क्रान्तिकारीकै भुवन भण्डारी १०१ मत ल्याएर विजयी हुँदा अनेरास्ववियुकी भावना जोशी ८८ मतमा सीमित भइन्।

सदस्य पदमा पनि गठबन्धनको वर्चस्व

सदस्य पदमा नेविसंघ र अखिल क्रान्तिकारीका साझा उम्मेदवारहरू आरती बिष्ट (९८ मत), उषा साउद (१०० मत), सन्तोषी खडायत (१०८ मत) र हिरा गोयला (१०३ मत) विजयी भए। अनेरास्ववियुकी सन्तोषी बिष्टले ९१ मत ल्याएर मात्र सदस्य पदमा निर्वाचित भइन्।

२६६ मध्ये १९५ मत खस्यो

क्याम्पसमा कुल २६६ जना विद्यार्थी मतदाता रहेकोमा १९५ मत खसेको थियो। निर्वाचन अधिकृत जोशीका अनुसार एक मत बदर भएको छ। स्ववियु निर्वाचनमा नेविसंघ र अखिल क्रान्तिकारी मिलेर साझा उम्मेदवारी दिएका थिए भने अनेरास्ववियुले एक्लै प्रतिस्पर्धा गरेको थियो।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्