राजधानीमा २५ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद, एक जना ट्रक सहित पक्राउ

काठमाडौँ – काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले राजधानीबाट झण्डै २५ करोड २२ लाख रुपैयाँ बराबरको विदेशी मुद्रा बरामद गरेको छ। सोमबार बेलुका टोखा नगरपालिकाको झोर क्षेत्रबाट बरामद गरिएको सो रकम अवैध रूपमा ओसारपसार तथा कारोबार गरिएको सूचनाका आधारमा बरामद गरिएको हो।

ना ७ ख १६५१ नम्बरको मालवाहक ट्रकको चालक बस्ने ठाउँमा ‘फल्स बटम’ बनाई लुकाइएका अवस्थामा ठूलो परिमाणको अमेरिकी डलर र युरो फेला परेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो। ट्रकका चालक, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका निवासी ४३ वर्षीय कुसाङ लामालाई पक्राउ गरिएको छ।

प्रहरीका अनुसार बरामद मुद्रामा अमेरिकी डलर ३,११९ थान (१०० दरका), १७९ थान (५० दरका), युरो ५०० दरका ११ थान, २०० दरका ४८० थान, १०० दरका ४,१४८ थान, र ५० दरका १७,१७७ थान रहेका छन्।

राजस्व छली तथा विदेशी विनिमय ऐन, २०१९ उल्लङ्घनको आरोपमा पक्राउ परेका चालकसहित घटनाको थप अनुसन्धानका लागि बरामद मुद्रा राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाइएको छ। प्रहरीको भनाइअनुसार यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्