काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो पहिलो नगर अधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ। शनिवार प्रतिनिधि सभा सदस्य सोविता गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले नयाँ नगर समिति चयन गरेको हो।
राज कुमार न्यौपानेको नेतृत्वमा नयाँ समिति
अधिवेशनबाट राज कुमार न्यौपानेको अध्यक्षतामा नयाँ नगर समिति गठन भएको छ। समितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्ष गोपकृष्ण थापा, सचिव कविता फुयाल, सहसचिव भुवन बराल चयन भएका छन्। सदस्यहरूमा शसी फुयाल, विशाल कार्की, सुवर्ण पुडासैनी, दिपक अर्याल, दिपक प्रसाद पुडासैनी, न्युटन पुडासैनी, कुष्ण कुमारी आचार्य र सविना पुतुवर रहेका छन्।
नवनिर्वाचित अध्यक्षको प्रतिबद्धता
समितिको सर्वसम्मत चयनपछि नवनिर्वाचित अध्यक्ष राज कुमार न्यौपानेले सम्पूर्ण निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गर्दै आगामी दिनमा पार्टी संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, अधिवेशनलाई सफल बनाउन योगदान दिने निर्वाचन समिति, वडा प्रतिनिधिहरू, केन्द्र, प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र तदर्थ समितिका साथै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गरे। यस नगर अधिवेशनले पार्टी संगठनलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।