एमालेको सचिवालयको बैठक आज बस्दै

काठमाडौँ – नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपराहन्न १ बजेदेखि शुरु हुने बताइएको छ ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पुर्वराजाको सक्रियता तथा संगठनको गतिबिधिका विषयमा छलफल हुने बुझिएको छ । पूर्वराजा ज्ञानेन्द्र शाहको अपिल पछि राजतन्त्र समर्थकहरु सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्