राजावादीहरूको प्रदर्शनलाई देउवाले भने – “कहाँ अद्भुत हुन्छ? केही भएकै छैन!”

धनगढी  — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काठमाडौंमा भएको राजावादी प्रदर्शनलाई सामान्य घटना भन्दै त्यसलाई खासै महत्व दिन नहुने प्रतिक्रिया दिएका छन्। सोमबार सुदूरपश्चिम प्रदेश सम्मेलनका लागि धनगढी पुगेका देउवाले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रदर्शनलाई ‘अद्भुत’ भन्ने हल्लालाई खण्डन गरे।

“अद्भुत प्रदर्शन भयो भन्ने हल्ला छ?” भन्ने सञ्चारकर्मीको जिज्ञासामा देउवाले उल्टै प्रश्न गर्दै भने, “कहाँ अद्भुत हुन्छ? केही भएकै छैन!”

सरकारको स्थायित्वबारे बोल्दै उनले दुई दल मिलेर सरकार राम्रोसँग सञ्चालन भइरहेको बताए। “दुईवटा पार्टी सरकारमा छन्, राम्रैसँग चलेको छ, कुनै समस्या छैन,” उनले भने।

त्यसैगरी, उनले सरकार २०८४ सालसम्म टिक्ने दाबी गर्दै कांग्रेसको महाधिवेशन पनि तोकिएकै समयमा हुने स्पष्ट पारे। देउवाको यो टिप्पणीले राजावादीहरूको प्रदर्शनलाई असफल र प्रभावहीन देखाउने संकेत गर्छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्