माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

file Photo

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को आज बस्ने भनिएको पदाधिकारी बैठक सोमबार बस्दै छ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बिहान ८ बजे पदाधिकारी बैठक बस्न लागेको माओवादी केन्द्रका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए। आइतबार बस्ने भनिएको बैठक सोमबार बिहानका लागि सारिएको थियो। माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी राजमार्ग केन्द्रित तराई-मधेस जागरण अभियान चलाइरहेको थियो।

आइतबारदेखि उक्त अभियान तत्कालका लागि स्थगित गरेर पार्टी नेताहरू काठमाडौं फर्किएका थिए। बैठकमा चैतको ५ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको तयारी, जागरण अभियानको अहिलेसम्मको समीक्षा, नेताहरूको जिम्मेवारी र समसामयिक राजनीतिबारे छलफल हुने बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्