राजाबादीको गतिबिधि बढे पछि प्रचण्ड काठमाडौं फर्किए

जनकपुर, २५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड काठमाडौं प्रस्थान गरेका छन् ।

 

जनकपुरस्थित बिमानस्थल हुदैँ माओवादी अध्यक्ष प्रचण्ड काठमाडौं प्रस्थान गरेको नेता मातृकाप्रसाद यादवले जनाएका छन ।

 

तराइ मधेसको हुलाकी राजमार्ग केन्द्रित आन्दोलन अचानक स्थगित गरेर प्रचण्ड काठमाडौं आउन लागेका हुन् । उनले हिजो रौतहटमा स्थगित हुनु अघिको अन्तिम कार्यक्रममा सहभागी भएका थिए ।

 

काठमाडौंमा राजावादीहरूको गतिबिधि बढे पछि प्रचण्ड कार्यक्रम स्थगित गरी काठमाडौं फर्केका हुन्  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्