शिक्षक केशव दत्त जोशीको उपचारका लागि सहयोग अभियान

दार्चुला – फागुन १९ गते मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका शिक्षक केशव दत्त जोशीको उपचारका लागि सहयोग संकलन अभियान सञ्चालन गरिएको छ।

शैल्यशिखर नगरपालिका–७, देवथली निवासी तथा श्री मालिकार्जुन आवि, पौन्याखोलामा अध्यापनरत शिक्षक जोशी विद्यालयतर्फ जाँदै गर्दा थकतोली क्षेत्रमा दुर्घटनामा परेका थिए। सो दुर्घटनामा परी उहाँको मेरुदण्डको हड्डी भाँचिएको र किड्नीमा समेत समस्या देखिएको छ। हाल नेपालगञ्ज मेडिकल कलेजको आईसीयू (ICU) मा राखी उहाँको उपचार भइरहेको छ।

महँगो उपचारका लागि आर्थिक संकलन अभियान

मेरुदण्डको शल्यक्रिया तथा किड्नीको डायलाइसिस आवश्यक परेकाले उपचार महँगो भइरहेको छ। आर्थिक अभावका कारण परिवारलाई उपचार गर्न कठिन भइरहेको छ। यही कारण विभिन्न संघसंस्था तथा व्यक्तिहरूले सहयोग अभियान अघि बढाएका छन्।

समाजसेवी गणेश सिंह धामीको विशेष पहल

शिक्षक जोशीको उपचारका लागि समाजसेवी तथा पत्रकार गणेश सिंह धामीले विशेष पहल गर्दै सहयोग संकलन अभियान सञ्चालन गरिरहनुभएको छ। यसैगरी अन्य सहयोगी तथा समाजसेवीहरुले यस अभियानलाइ अघि बढाएका छन भने सहयोगी हातहरु फैलिरहेका छन् ।

सहयोग गर्न सकिने विवरण

शिक्षक जोशीको जीवनरक्षाका लागि इच्छुक सहयोगी मनहरूले राजु प्रसाद जोशी (भाइ) को नाममा रहेको नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खाता नम्बर 29705300000451 मा रकम जम्मा गर्न सक्नेछन्।

त्यसैगरी, QR कोड स्क्यान गरेर वा भारतबाट PhonePe मार्फत 9036990293 मा पनि सहयोग गर्न सकिनेछ। यस कठिन परिस्थितिमा शिक्षक जोशीलाई नयाँ जीवन दिनका लागि सहयोगी हातहरू अघि बढ्न आवश्यक छ।

📞 सम्पर्क:
राजु प्रसाद जोशी – 9847363133

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्