च्याम्पियन्स ट्रफी: इङल्याण्डले दक्षिण अफ्रिकालाई दियो १८० रनको लक्ष्य

काठमाडौं । इङल्याण्डले दक्षिण अफ्रिकालाई १८० रनको लक्ष्य दिएको छ ।

जारी च्याम्पियन्स ट्रफी अन्तर्गतको खेलमा टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्डले ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको हो । इङल्याण्डका लागिजो रुटले सर्बाधिक ३७ रन बनाए भने जोफ्रा आर्चरले २५, बेन डकेटले २४, कप्तान जोस बटलरले २१ रन बनाएका थिए ।

त्यसैगरी दक्षिण अफ्रिकाका बलर माक्रो जानसेन र विआन मल्डरले ३-३ विकेट लिएका थिए भने केशव महाराजले २ तथा लुंगी एनगिडी र कगीसो रबाडाले एक एक विकेट लिएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्