राप्रपा नेपालले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । राप्रपा नेपालले केन्द्रित कार्य सम्पादन समितिको बैठक बोलाएको छ ।
आगामी फागुन १९ गते सोमबार पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा मुलुकको पछिल्लो समय बिकसित घटनाक्रम , आन्दोलन र पार्टीको विभिन्न कार्यक्रमको तयारी, महाधिवेशन र संगठन सुदृढीकरणका बारेमा छलफल र समिक्षा हुने स्रोतले बतायो । पूर्वराजा ज्ञानेन्द्रले प्रजातन्त्र दिबसको अबसरमा दिएको सन्देश र सहयोग गर्न गरिएको आव्हानलाई अत्यन्तै  महत्वकासाथ बैठकमा छलफल हुने समेत बताईएको छ। पूर्वराजाको सन्देश पश्चात  पार्टी अध्यक्ष कमल थापाले राजाको आह्वानलाई साथ दिदै सबै राजाबादी हिन्दुबादी र संघीयता बिरोध एक भएर आन्दोलनमा जान ढिलाइ गर्न नहुने अभिव्यक्ति निरन्तर दिईरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्