नेसनल प्याब्सन दुई धारमा विभाजित, काठमाडौँ र वीरगञ्जमा फरक महाधिवेशन

काठमाडौँ — राष्ट्रिय निजी तथा आवासीय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को आठौँ राष्ट्रिय महाधिवेशन फागुन १६ र १७ गते काठमाडौँमा आयोजना हुने भएको छ। महाधिवेशनमा देशभरका २,५०० भन्दा बढी निजी तथा आवासीय विद्यालयका प्रतिनिधिहरूको सहभागीता रहनेछ।

काठमाडौँमा हुने महाधिवेशनले सङ्गठनको विधान संसोधनसहित नयाँ नेतृत्व चयन गर्नेछ। नेसनल प्याब्सनका अध्यक्ष सुवास न्यौपानेले महाधिवेशनमा निजी विद्यालयसँग जोडिएका नीतिगत विषयहरूमा छलफल हुने बताए। उनले निजी विद्यालय र सरकारबीचको समन्वयलाई थप मजबुत बनाउने विषयमा महाधिवेशन केन्द्रित हुने जानकारी दिए।

तर, नेसनल प्याब्सन अहिले दुई धारमा विभाजित देखिएको छ। पाण्डव हमाल नेतृत्वको समूहले समानान्तर रूपमा वीरगञ्जमा महाधिवेशन आयोजना गरिरहेको छ। वीरगञ्जमा भएको महाधिवेशनमा सहभागीता न्यून रहेको देखिए पनि काठमाडौँमा उल्लेख्य सहभागीता रहेको छ।

दुई समूहबीचको विभाजनले नेसनल प्याब्सनभित्र विवाद चुलिएको संकेत गर्छ। संगठनमा एकता कायम गर्ने वा विभाजन झनै गहिरिने भन्ने प्रश्न अहिले पेचिलो बनेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्