नेशनल प्याब्सनको ८औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन देशव्यापी समर्थन

काठमाडौं, फागुन १४ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (N-PABSAN) को ८औं राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन विभिन्न जिल्ला तथा नगर समितिहरूले संगठित रूपमा समर्थन जनाएका छन्। सुवास न्यौपानेको नेतृत्वमा महाधिवेशनलाई अघि बढाउने प्रतिबद्धता जनाउँदै कास्की, काभ्रे, सुनसरी, झापा, सिन्धुपाल्चोक, कञ्चनपुर, दाङ लगायतका जिल्ला कार्यसमितिहरूले लिखित निर्णयसहित समर्थन गरेका छन्।

महाधिवेशन यही फागुन १६ र १७ गते काठमाडौंको बेस्ट वेस्टर्न होटल, गौशालामा सम्पन्न हुने तयारी भइरहेको छ। यस ऐतिहासिक अवसरलाई अझ प्रभावकारी बनाउन सञ्चारमाध्यमहरूको सहकार्य आवश्यक रहेको प्रेस संयोजक प्रेम कुमार भुजेलले बताउनुभयो।

उहाँले भन्नुभयो, “देशभरका जिल्लाहरूबाट महाधिवेशनको समर्थनमा उत्साहजनक प्रतिक्रिया आइरहेको छ। सञ्चारमाध्यमहरूको सकारात्मक सहकार्यले यस अभियानलाई थप सशक्त बनाउनेछ भन्ने विश्वास लिएको छु। महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न सम्पूर्ण विद्यालय, पदाधिकारी र सदस्यहरू एकजुट भएर लाग्नुपर्ने जरुरी छ।”

महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढिरहेको छ भने अन्य जिल्लाहरूबाट पनि समर्थन आउने क्रम जारी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्