त्रिवि विश्वविद्यालय क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन, निष्पक्ष निर्वाचनका लागि आह्वान

काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा आउँदो २०८१ चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि ११ सदस्यीय निर्वाचन समिति गठन गरिएको छ।

समितिको निर्वाचन अधिकृतका रूपमा प्रा. डा. कृष्णप्रसाद न्यौपाने नियुक्त भएका छन्। उक्त समितिले स्ववियु निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र व्यवस्थित रूपमा सम्पन्न गराउने जिम्मेवारी लिनेछ।

त्रिवि केन्द्रीय क्याम्पसका प्रिन्सिपल प्रा. डा. अक्कलदेव मिश्रले निर्वाचन समितिको गठनबारे जानकारी दिँदै विद्यार्थी, शिक्षक तथा अभिभावकहरूलाई सक्रिय सहभागिता जनाउन र निर्वाचन सफल बनाउन सहयोग गर्न आग्रह गरेका छन्। उनले निर्वाचन प्रक्रिया पारदर्शी, मर्यादित र विधिसम्मत रूपमा सञ्चालन गर्न सबै पक्षबाट सहयोग आवश्यक रहेको बताए।

स्ववियु निर्वाचनले विद्यार्थी नेतृत्व चयन गर्ने महत्त्वपूर्ण अवसर प्रदान गर्ने भएकाले यसमा सबै विद्यार्थीहरू सहभागी हुनुपर्ने प्रिन्सिपल मिश्रले बताए। उनले स्वस्थ प्रतिस्पर्धा, लोकतान्त्रिक मूल्य–मान्यता र शैक्षिक वातावरणलाई कायम राख्दै निर्वाचन सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचन समितिले अबको केही दिनभित्र निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने, मतदाता नामावली प्रकाशन गर्ने र उम्मेदवारी दर्ताको प्रक्रिया सुरू गर्ने तयारी गरिरहेको छ।

निष्पक्ष र शान्तिपूर्ण निर्वाचनका लागि आह्वान
स्ववियु निर्वाचनलाई लक्षित गरी विश्वविद्यालय प्रशासनले विद्यार्थी संगठनहरू, शिक्षक, कर्मचारी तथा सुरक्षाकर्मीहरूसँग आवश्यक समन्वय गर्ने बताइएको छ। निष्पक्ष निर्वाचन सुनिश्चित गर्न क्याम्पस प्रशासनले आवश्यक पूर्वतयारी गरिरहेको छ।

यस पटकको निर्वाचनमा विद्यार्थीहरूले लोकतान्त्रिक मूल्य, विद्यार्थी हकहित र शैक्षिक सुधारलाई प्राथमिकता दिने उम्मेदवार छान्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्