फाल्गुन १५-१६ मा पश्चिमी वायुको प्रभाव: वर्षा र हिमपातको सम्भावना

काठमाडौं – हिउँदे मौसमको अन्तिम चरणमा पश्चिमी वायुले नेपालमा प्रभाव पार्ने देखिएको छ। मौसमविद्हरूका अनुसार फाल्गुन १५ र १६ गते पश्चिमी वायुको प्रभावले नेपालका विभिन्न क्षेत्रमा मौसम परिवर्तन हुने सम्भावना छ।

विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा हिमपात र वर्षाको सम्भावना उच्च रहेको छ। काठमाडौं उपत्यका सहित पूर्वी पहाडी तथा हिमाली क्षेत्रमा पनि यसको हल्का असर देखिने अनुमान गरिएको छ।

मौसम पूर्वानुमान अनुसार, भारतको जम्मु-कश्मीर र हिमाञ्चल प्रदेशमा फाल्गुन १३ देखि नै पश्चिमी वायु सक्रिय हुने र क्रमशः नेपाल प्रवेश गर्नेछ। यसका कारण पश्चिमी नेपालका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा हिमपातको सम्भावना छ भने केही स्थानमा असिना र पानी पर्ने सम्भावना रहेको छ।

दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, डडेलधुरा लगायत कर्णाली प्रदेशका अधिकांश जिल्ला तथा लुम्बिनी प्रदेशका पहाडी जिल्लामा मध्यम असर पर्ने देखिएको छ।

मौसमविद्हरूले सावधानी अपनाउन आग्रह गर्दै सम्भावित हिमपात तथा असिनापानीको असर न्यून पार्न आवश्यक पूर्व तयारी गर्न सुझाव दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्