काठमाडौं – नेक्सस इन्टरनेशनल एकेडेमीको आयोजनामा सम्पन्न तेह्रौं नेक्सस उपत्यका-व्यापी चित्रकला प्रतियोगिता २०८१ का विजयी विद्यार्थीहरू घोषणा गरिएको छ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्ने विद्यार्थी प्रकृति शाक्य (भ्याली पब्लिक स्कूल) रहेकी छिन् भने द्वितीय स्थानमा सुजित कुमार राम (बेस्ट ग्रुप भिजन इंग्लिश स्कूल) रहेका छन्। तृतीय स्थान विभाना कटुवाल (ओम ज्ञान मन्दिर), चतुर्थ स्थान अंशिता रायमाझी (रेडियन्ट रिडर्स एकेडेमी) र पञ्चम स्थान युजिन गुरुङ (नेपाल पुलिस स्कूल, साँगा) ले प्राप्त गरेका छन्।
कार्यक्रमका प्रमुख अतिथि इन्टरनेशनल वाटरकलर सोसाइटी अफ नेपाल (IWS-Nepal) का अध्यक्ष तथा वरिष्ठ कलाकार एन.बी. गुरुङ रहेका थिए।
प्रतियोगिताको मुल्याङ्कन वरिष्ठ कलाकार तथा एसओएस चिल्ड्रेन भिलेज भक्तपुरका कला तथा सिरामिक्स विभाग प्रमुख राजन कुमार खड्का र शंखधर एसोसिएसन अफ फाइन आर्ट्स (SAFA) का अध्यक्ष सृजित भासिमाले गरेका थिए।
कार्यक्रमका अध्यक्षता नेक्सस इन्टरनेशनल एकेडेमीका कार्यक्रम संयोजक कमल किरण कटुवालले गरेका थिए।