काठमाडौं – नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन (NSSF) र नेक्सस इन्टरनेशनल एकेडेमी (NIA) बीच खेलकुद प्रवर्द्धन र विकासलाई अझ प्रभावकारी बनाउन समझदारी पत्र (MOU) हस्ताक्षर भएको छ। यस सम्झौताले विद्यालय तहका खेलकुदलाई शैक्षिक पाठ्यक्रमसँग समायोजन गर्दै शारीरिक तथा बौद्धिक विकासलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।
सम्झौतामा NSSF का महासचिव तथा अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडेरेसन (ISF) का कार्यसमिति सदस्य श्री राज कुमार कार्की र NIA का प्रिन्सिपल श्री आर.बी. कटवालले हस्ताक्षर गर्नुभएको हो। यो विशेष समारोह नेक्सस इन्टरनेशनल एकेडेमीमा वार्षिक कार्यक्रममा सम्पन्न भएको हो।
यस सम्झौताअनुसार अन्तर्राष्ट्रिय स्कुल स्पोर्ट्स फेडेरेसन (ISF) र ISF एकेडेमी नेपाल सदस्य विद्यालय नेक्सस इन्टरनेशनल एकेडेमीका विद्यार्थी, शिक्षक, तथा अभिभावकहरूले अन्तर्राष्ट्रिय स्तरमा खेलकुदसम्बन्धी विभिन्न गतिविधिमा सहभागिता जनाउन सक्नेछन्।
उक्त MOU हस्ताक्षर कार्यक्रम नेक्सस इन्टरनेशनल एकेडेमीको १९ औं अभिभावक दिवस तथा सम्मान समारोह 2081 (Glorious Parents Day Cum Felicitation Program) को अवसरमा आज नेक्सस अडि 1, काठमाडौंमा सम्पन्न भएको हो।
रिपोर्ट: बिबेक कटुवाल
(नेक्सस इन्टरनेशनल एकेडेमी निर्देशक तथा नेपाल स्कुल स्पोर्ट्स फेडेरेसन काठमाडौं जिल्ला सदस्य)