काठमाडौं – नवौं अर्किड कप जुनियर फुटबल प्रतियोगिताको उपाधि बेस्ट ग्रुप भिजनले आफ्नो कब्जामा पारेको छ। आयोजक अर्किड प्युपिल सेकेन्डरी स्कुलको आयोजनामा भएको यस प्रतिष्ठित प्रतियोगितामा विभिन्न विद्यालयका प्रतिभावान खेलाडीहरूले उत्कृष्ट खेल कौशल प्रस्तुत गरे।
फाइनल खेलमा बेस्ट ग्रुप भिजनले हिलारी स्कुललाई पराजित गर्दै उपाधि चुमेको हो। उपाधिसँगै बेस्ट ग्रुप भिजनले नगद रु. ३५,०००, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। उपविजेता हिलारी स्कुलले रु. २५,००० नगदसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।
उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू
सर्बाधिक गोलकर्ता – पृतम यादव (हिलारी स्कुल)
उत्कृष्ट गोलरक्षक – सुशान्त गुरुङ (बेस्ट ग्रुप भिजन)
नव उदयमान खेलाडी – सिद्धार्थ सुवेदी (हिलारी स्कुल)
प्रतियोगिताको उत्कृष्ट खेलाडी – अभिषेक खड्की (बेस्ट ग्रुप भिजन)
फेयर प्ले अवार्ड – न्यू स्टार पोल स्कुल
अन्य विजेता टोलीहरू
तेस्रो स्थान – हाईली क्रिएटिभ स्कुल (रु. १५,०००)
चौथो स्थान – ग्रीन विच एकेडेमी (रु. १०,०००)
प्रतियोगिताको समापन समारोहलाई विशेष बनाउने क्रममा नगरप्रमुख उपेन्द्र कार्की, विभिन्न विद्यालयका प्रतिनिधिहरू, दर्शक तथा विशेष अतिथिहरूको उपस्थितिले कार्यक्रममा थप रौनकता ल्याएको थियो। आयोजक स्कुलका निर्देशक प्रेमकुमार भुजेल, प्रधानाध्यापक सीबी कार्की तथा संयोजक नरेन्द्र पाण्डेयले प्रतियोगिताको सफल समापनमा सहभागी सम्पूर्ण पक्षलाई धन्यवाद ज्ञापन गरेका छन्।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई बधाई दिँदै आयोजकले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।