पूर्वमन्त्री बडूको प्रमुख आतिथ्यतामा दार्चुलाको मार्मामा राष्ट्रपति रनिङ शिल्ड सुरु (फोटोफिचर)

दार्चुला  – दार्चुलाको मार्मा गाउँपालिका–४ स्थित तपोवन खेल मैदानमा १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य दिलेन्द्र प्रसाद बडूको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको हो।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा फागुन १० गतेदेखि १४ गतेसम्म चल्ने यो प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका छन्। प्रतियोगितामा एथलेटिक्स, फुटबल, भलिबल, कबड्डी लगायतका खेलहरू समावेश गरिएका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बडूले राष्ट्रपति रनिङ शिल्डले स्थानीय खेलाडीहरूको प्रतिभा उजागर गर्न सहयोग गर्ने बताए। उनले खेलकुद क्षेत्रको विकासका लागि राज्यले अझ बढी लगानी गर्नुपर्नेमा जोड दिए।

मार्मा गाउँपालिका अध्यक्षसहित स्थानीय जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, खेलाडी, अभिभावक तथा खेलप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। प्रतियोगिताले जिल्लामा खेलकुदको प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने आयोजकले बताएका छन्।

यसै अवसरमा पुर्वमन्त्री बडूले दार्चुलाको मार्मामा मध्य चमेलिया जलविद्युत आयोजनाको शिलन्यास समेत गरेका छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्