काठमाडौं – काठमाडौँको पेप्सीकोलामा रहेको नेक्सस इन्टरनेशनल एकेडेमीले आफ्नो १९ औं अभिभावक दिवस सफलतापूर्वक सम्पन्न गरेको छ। उक्त कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक प्रिन्सिपल आरबी कटवालले आफ्नो मन्तव्य राख्दै विद्यालयका उद्देश्य र विद्यार्थीहरूको समग्र विकासमा अभिभावकहरूको महत्त्वपूर्ण योगदानको प्रशंसा गरे।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे। उनीहरूको परिश्रम र प्रतिभाले कार्यक्रमलाई विशेष बनायो।
अभिभावक र विद्यालयको बीचको सहकार्य र सहजीकरणलाई बलियो बनाउने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रमले विद्यालयका विद्यार्थीहरूलाई थप उत्साहित र प्रेरित बनाएको छ। अभिभावकहरूले विद्यालयका शिक्षण पद्धतिका बारेमा जानकारी लिँदै, विद्यार्थीहरूको भविष्यको योजना र प्रगति बारेमा छलफल गरे।
नेक्सस इन्टरनेशनल एकेडेमीको १९ औं अभिभावक दिवसले विद्यालयको समृद्ध भविष्य र विद्यार्थीक लागि एक सकारात्मक वातावरण सिर्जना गर्ने दिशामा महत्वपूर्ण कदम उचलिएको छ।