नवौँ अर्किड कप : पाँचौँ दिनका खेलहरू मंगलबार सम्पन्न

काठमाडौं – नवौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता २०८१ को पाँचौँ दिनका खेलहरू सोमबार सम्पन्न भएका छन् । आज भएका पाँच खेलमा काठमाडौंका विभिन्न विद्यालयहरूले प्रतिस्पर्धा गरे।

पहिलो खेल: कौस्तुभ एकेडेमीको सहज जित

पहिलो खेलमा कौस्तुभ एकेडेमीले श्रमशील स्कुललाई २-० गोल अन्तरले पराजित गर्‍यो। कौस्तुभ एकेडेमीका मनिस गुरुङ (जर्सी नं. १७) र युकेश पौडेल (जर्सी नं. ७) ले गोल गरे। खेलको म्यान अफ द म्याच श्रमशील स्कुलका अक्षय कुमार शाही भए।

दोस्रो खेल: माउन्ट सेवको उत्कृष्ट प्रदर्शन

दोस्रो खेलमा माउन्ट सेव स्कुलले हाइल्याण्ड स्कुललाई ३-० गोल अन्तरले हरायो। माउन्ट सेवका हिरिनव प्रधान, सन्जल दाहाल र अञ्जल केसी ले गोल गरे। खेलको म्यान अफ द म्याच हाइल्याण्डका ऋतम चौलागाईं भए।

तेस्रो खेल: हिलारी स्कुलको शानदार जित

तेस्रो खेलमा हिलारी स्कुलले ग्लोबल स्कुललाई ३-० ले पराजित गर्‍यो। हिलारी स्कुलका सिद्धार्थ सुवेदी (२ गोल) र पृतम यादव (१ गोल) ले गोल गरे। खेलको म्यान अफ द म्याच ग्लोबल स्कुलका बिपेश राई भए।

चौथो खेल: पेनाल्टीमा पिक प्वाइन्टको हार

चौथो खेलमा ग्रीनविच स्कुलले पिक प्वाइन्ट स्कुललाई पेनाल्टी सुटआउटमा ३-० ले पराजित गर्‍यो। खेलको म्यान अफ द म्याच पिक प्वाइन्टका किशन श्रेष्ठ भए।

पाँचौँ खेल: हाइली क्रिएटिभ स्कुलको उत्कृष्ट प्रदर्शन

पाँचौँ खेलमा हाइली क्रिएटिभ स्कुलले ग्रामर स्कुललाई ४-० गोल अन्तरले पराजित गर्‍यो। युवराज दाहाल (जर्सी नं. १०) ले ४ गोल गरे। खेलको म्यान अफ द म्याच ग्रामर स्कुलका दिपक तामाङ भए। नवौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता २०८१ अन्तर्गत हालसम्म थुप्रै रोमाञ्चक खेल सम्पन्न भइसकेका छन्। प्रतियोगिता आगामी फागुन १० गते समापन हुनेछ।‍

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्